मादीका पहिरो विस्थापित परिवारलाई राहत प्रदान

पाेखरा | असार २४, २०८०

मादीका पहिरो विस्थापित परिवारलाई राहत प्रदान

पोखरा:     कास्की जिल्लाको मादी गाउँपालिकामा अबिरल वर्षापछिको पहिराले घरमा क्षति पुगेर विस्थापित परिवारलाई राहत प्रदान गरिएको छ ।


मादीको वडा नं ६ का पाँच र वडा नं २ का एक परिवारमध्ये दुई घर पूर्णरूपमा विस्थापित र अन्य जोखिममा परेका थिए । मादी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले शनिबार प्रभावित परिवारलाई गाउँमै पुगेर राहत रकम प्रदान गरेका हुन् । पीडित परिवारलाई क्षतिका आधारमा गाउँपालिकाले रु दुई लाख पाँच हजार र जिल्ला प्रशासनले रु एक लाख राहत वितरण गरेको छ ।


यही असार १९ गतेको अबिरल वर्षाले मादी–६ को काहुँखोला–दूधपोखरी सडकको दोस्रो खण्डमा सजुक भेडीखर्क टोलको भेडीखर्क चोकमा पाँच परिवारको छ घर र गोठ पहिराले क्षति पुर्याएको थियो । पहिरोबाट विस्थापित मादी–६ का कमलापति बराललाई मादी गाउँपालिकाबाट रु ७० हजार र प्रशासनबाट रु २५ हजार राहत रकम प्रदान गरियो ।


त्यसैगरी दीपक बराललाई गाउँपालिकाबाट रु  ५० हजार र प्रशासनबाट रु २० हजार, शम्मेर पाण्डेलाई पालिकाबाट रु ३० हजार र प्रशासनबाट रु १५ हजार, भुवन सिंहलाई पालिकाबाट रु २० हजार र प्रशानबाट रु १५ हजार राहत रकम प्रदान गरिएको छ । पहिरापीडित विष्णुमाया घर्तीका परिवारलाई प्रशासनबाट रु १५ हजार र गाउँपालिकाबाट रु २० हजार र कृष्णप्रसाद देवकोटाका परिवारलाई गाउँपालिकाबाट रु १५ हजार प्रशासनबाट रु १० हजार राहत रकम प्रदान गरिएको मादी गाउँपालिका–६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 


पीडित परिवारलाई प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ, गण्डकी प्रदेशसभा सदस्य बेदबहादुर गुरुङ, गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङ, जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत दीपक रेग्मीलगायतले राहत वितरण गर्नुभएको हो । पहिराले पूर्णरूपमा घरमा क्षति पुगेका दीपक र शम्शेर पाण्डेको परिवार हाल आफन्त र समाजघरमा आश्रय लिएका छन् । यी दुवै परिवार विस्थापित भएर आफन्त तथा समाजघरमा आश्रय लिएको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । अबिरल वर्षा तथा पहिराका कारण मादीका विभिन्न स्थानमा क्षति पुगेको बताइन्छ । विशेषगरी ग्रामीण सडकमा पहिराले क्षति गराएको छ ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्